काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा सुधार आएको दाबी गरेका छन् । बिहीबारदेखि काठमाडौंमा सुरु भएको रेस्पोन्सेवल बिजनेस समिट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रमा सुधार आएको र थप सुधारका लागि नयाँ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ । तर,…