विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद अभिव्यक्तिका कारण विवादमा परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्ती गर्ने संकेत दिएका छन् । हिजो बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले किराँतीको अभिव्यक्तिलाई आफूले गम्भीर रुपमा लिएको बताए । प्रचण्डले आफू राजधानी फर्किएपछि किराँतीलाई बोलाएर कुरा गर्ने र त्यसपछि कसरी अघि बढ्ने भन्नेबारे निर्णयमा…