काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठक गणपूरक सङ्ख्याको अभावमा स्थगित गरिएको छ । मेलम्ची खानेपानी आयोजनाका विषयमा छलफल गर्न १ः०० बजे बोलाइएको बैठक गणपूरक सङ्ख्या नपुगेपछि पौने दुई बजे स्थगित गरिएको समिति सचिव उदयकुमार भण्डारीले सञ्चारकर्मीलाई जानकारी दिए । बैठक स्थगित गर्ने बेलासम्म समितिका २७ सांसदमध्ये ११ जनाको उपस्थिति थियो । गणपूरक सङ्ख्याका लागि…