काठमाडौं । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा वास्तविक सुकुम्बासीको पहिचान गर्नुपर्नेमा जोड दिइएको छ । समितिको आजको बैठकमा वास्तविक सुकुम्बासीको पहिचान गरी पुर्जा वितरण गर्नुपर्नेमा समितिका सदस्यहरूले जोड दिएका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगको छलफलमा सचिव दामोदर रेग्मीले करिब १५ लाख सुकुम्बासीलाई पुर्जा वितरणमा असहज भएको बताए ।…