काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावितलाई राहत वितरणमा एकद्वार प्रणाली कार्यान्वयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ । सो पार्टीका उपसभापति डोलप्रसाद अर्याल नेतृत्वको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर विगतमा राहतको नाममा कुहिएको चामल दिने तथा कसैले दोहोरो, तेहोरोसम्म राहत प्राप्त गरेकोमा यस पटक पीडितले खानयोग्य राहत…