काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल १० दिन लामो युरोप भ्रमणमा निस्कने भएका छन् । हिजाे बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति पौडेल फ्रान्स हुँदै जर्मनी र इटाली जाने कार्यतालिका छ । पेरिसमा राष्ट्रपति पौडेलले ‘पेरिस पिस फोरम’ को कार्यक्रममा सहभागिता जनाउने छन् । पौडेल आगामी २२ कात्तिकमा पेरिसका लागि…