कांग्रेसका सांसदहरुले आधा महिनाको तलब भूकम्पपीडितलाई दिने

काठमाडौं । कांग्रेसका संघीय सांसदहरुले जाजरकोट भूकम्पबाट पीडितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको तलब सहयोग गर्ने भएका छन् । आइतबार बसेको संसदीय कार्यसमितिको बैठकले भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, उपचार, राहत र पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले…