रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)

काठमाडौं । योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलले संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका थिए । त्यसविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेका रिटमा सुनुवाइ गर्दै शुक्रबार कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल…