काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट सङ्घीय निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाको तर्फबाटै विचाराधीन रेल्वे विधेयक २०७६ फिर्ता लिनका लागि राष्ट्रिय सभाको सहमतिको निमित्त प्रनिनिधि सभाको सिफारिश प्राप्त गर्ने प्रस्ताव…