काठमाडौं । प्रतिनिधिसभा बैठकमा विद्युत् विधयक, २०८० पेस भएको छ । बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेस गरेका हुन् । यो विधेयक मंगलबार नै पेस गर्ने कार्यसूची थियो । तर, गणपूरक संख्या नपुगकाले आज पेस गरिएको हो । विधेयक पेस गर्नुअघि सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो…