देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बिहीबार उपसभापति पूर्णबहादुर खड्कासहित सभापति देउवाले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले सरकारका नीति तथा कार्यक्रम र बजेटलगायत विषयमा कुराकानी भएको जानकारी दिए । छलफलमा विभिन्न मन्त्रालयका सचिवहरू पनि सहभागी थिए । उनीहरूबीच आधा घन्टा…