प्रधानमन्त्रीसँग न्युयोर्क १२ जना मात्र जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा जाने नेपाली प्रतिनिधिमण्डलको संख्या आधा छाँटेका छन् । यसअघि २४ सदस्यीय प्रतिनिधिमण्डल महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाने तयारी गरिएको थियो । परराष्ट्र मन्त्रालयले राष्ट्रसंघको महासभामा जाने व्यक्तिहरुको नाम छाँट्न गरेको अनुरोध प्रधानमन्त्रीले स्वीकारेपछि संख्या आधा घटाइएको हो । अब नेपालबाट जाने…