काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले काठमाडौंमा प्रदर्शन गर्ने तयारी नगरेको प्रष्टाएका छन् । नेकपा एमालेले बुधबार च्यासलमा गरेको चियापान समारोहमा सहभागी भएका दाहालले पत्रकारहरूसँग कुराकानी गर्दै काठमाडौंमा माओवादीले प्रदर्शन गर्न खोजेको भन्दै भइरहेका प्रचारमा सत्यता नभएको बताए । ‘मंसिर २२ गते प्रदर्शन गर्न लागिएको होइन । मिडियाले गलत…