अर्थतन्त्र उकास्न सबै दल एक हुनैपर्छ : कांग्रेस नेता भण्डारी

लेखनाथ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद शङ्कर भण्डारीले देशको वर्तमान अर्थतन्त्र उकास्न र देशप्रतिको स्वाधीनतालाई बचाउन राजनीतिक दलहरुको साझा प्रयास आवश्यक भएको बताएका छन् । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उनले भने, “देशको अर्थतन्त्र नाजुक अवस्थामा छ, कर्मचारीलाई तलब खुवाउन सरकारले ब्याजमा पैसा खोज्नु परेको छ, ठेकेदारलाई ८० अर्ब दिन बाँकी…