काठमाडौं । सरकारले मंगलबार (भोलि) राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा राष्ट्रिय शोक घोषणा गरी सरकारी कार्यालयमा झन्डा झुकाउने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । “असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरुमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले…