इजरायलमा ज्यान गुमाएका नागरिकको शव तत्काल ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शव तत्काल स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ ।  मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले इजरायलमा ज्यान गुमाएका नेपालीको शव तत्काल ल्याउन, घाइतेहरूको उपचार गर्न र बेपत्ता भएकाहरूको खोजी गरी स्वदेश आउन चाहनेलाई ल्याउन निर्देशन दिएको हो ।  ‘उक्त अकल्पनीय घटनाबाट निधन भएका…