काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने बताएका छन्। शनिबार भक्तपुरमा आयोजित विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने तर सक्रिय रहँदै योग्य व्यक्तिलाई नेतृत्व सुम्पिएर देश चलाउन सहयोग गर्ने बताएका हुन्। ‘२० वर्षपछि तपाईँको अनुपस्थिति हुँदै गर्दा त्यतिखेर देशमा कस्तो नेतृत्व हुनुपर्छ ?’ भन्ने…