एमालेद्वारा राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध पारेको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराएलगत्तै एमाले सांसदहरुले ढ्यापढ्याप पार्दै समय मागे । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भगवती न्यौपानेलाई समय दिए । न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध पटक–पटक धावा बोलेको आरोप राजीनामा…