चित्रबहादुरको प्रश्न- भारतको कर्मचारी आउँदा किन लम्पसार परेको ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालमा गरेको उच्च राजनीतिक भेटघाटप्रति प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले देश सानो ठूलो भए पनि सार्वभौमसत्ताको हिसाबमा भारत र नेपाल बराबर रहेको भन्दै भारतका कर्मचारी आउँदा उच्च राजनीतिक तहको भेटघाट गर्नु अशोभनीय रहेको बताए । नेपालबाट पूर्वप्रधानमन्त्रीहरु अथवा जिम्मेवार…