खाँणलाई अदालतले दोषी ठहर गरे कांग्रेसले कारबाही गर्छ : प्रकाशमान सिंह

चितवन । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाँणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताएका छन् । नेपाली कांग्रेस चितवनले आइतबार बिहान गरेको पत्रकार भेटघाटमा नेता सिंहले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको बताएका हुन् । उनले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि…