काठमाडौं । सङ्घीय सरकारमा आफ्नो पार्टीका तर्फबाट सहभागी मन्त्री पदमुक्त गरिएसँगै जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेश सरकारमा रहेका अरु दलका मन्त्रीलाई हटाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो जसपाका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ‚ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई‚ वन तथा वातावरण…