काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दस्तावेज पुनर्लेखनका लागि पार्टीका महासचिव मुकुल ढकालको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको छ । यसअघि ढकाल नेतृत्वकै कार्यदलले तयार गरेको प्रस्तावित राजनीतिक दस्तावेज सार्वजनिक भएपछि पार्टीका नेताहरु पुनर्लेखनको माग गरेका थिए । आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेज बाहिरिएपछि छानबिनको माग गर्दै पार्टीकै नेताहरुले असन्तुष्टि व्यक्त…