प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ आज

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आज (बिहीबार) हुने भएको छ । संसदीय सुनुवाइ समितिको पछिल्लो बैठकको नेतृत्व गरेका ज्ञानेन्द्रबहादुर कार्कीले आज बिहान ८ बजे प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीलाई आफ्ना कार्य योजना प्रस्तुत गर्नका लागि बोलाउने निर्णय गरिएको जानकारी दिए । समितिले बुधबार कार्कीविरुद्ध उजुरी दिएका ७ जनासँग एक्ला एक्लै र बाँकीसँग सामूहिक छलफल…