एमालेको निष्कर्षः वाम तालमेल हुदैन, एकढीक्का भएर गठबन्धनको सामना गर्ने

काठमाडौं । संघिय संसदको सबैभन्दा ठुलो प्रमुख विपक्षी दल नेकपा एमालेले वाम गठबन्धनको सम्भावना नरहेको भन्दै एकढीक्का भएर चुनावको सामना गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटीको बैठकले नेकपा माओवादी केन्द्र लगाएतका पार्टीसँग तालमेल सम्भावना सकिएको निष्कर्ष निकालेको पार्टी प्रचार विभाग प्रमुख एवम् प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उनका अनुसार…