काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले वैवाहिक अंगीकृतहरुको हकमा निश्चित समयको अन्तरालपछि मात्रै नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताएको छ । शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकबारे ७ बुँदे धारणा अघि सार्दै निश्चित समयको अन्तरालपछि मात्रै नागरिकता पाउनुपर्ने बताएका हुन्।…