बुटवल । स्थायी राजधानी घोषणापछि पनि अस्थायी मुकाम बुटवलबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्रदेशको काम कारबाही बुधबारदेखि दाङकाे देउखुरीबाट सञ्चालनमा आएको छ । प्रदेश सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएकाे हो । राजधानी कार्यान्वयनमा आएसँगै अब देउखुरीबाटै सरकारी कामकाज सञ्चालनमा आउने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । दाङको देउखुरीमा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्…