काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सांसदहरुको पहिलो भेला आज दिउँसो ३ बजे बालुवाटारमा हुने भएको छ । समानुपातिकको समेत अन्तिम निर्वाचनको परिणाम आइसकेपछि प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शनिबार पहिलोपटक सबै सांसदको भेला बोलाएका हुन् । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको भेलामा नवनिर्वाचित सांसदलाई बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका…