काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा देखिएको अर्थतन्त्रको असहज परिस्थितिलाई रोक्न नसक्ने हो भने नेपाल पनि श्रीलंकाको अवस्थामा पुग्ने दाबी गरेका छन्। पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले यसकारण सबैजना सतर्क हुनुपर्ने अवस्था आएको उनको भनाइ छ। ओलीले सरकारका अर्थमन्त्रीले अनाधिकृत तरिकाबाट बजेट निर्माण, कमिसनको खेलमा हतियार…