चुनावी प्रचार अभियानमा गठबन्धन दलहरू एक्लाएक्लै

काठमाडौं । सत्तारुढ गठबन्धन आगामी चुनावसम्म सँगै जाने भने पनि चुनाव प्रचार अभियान भने छुट्टैछुट्टै गरेका छन् । गठनबन्धनमा आवद्ध दलले चुनावमा सँगै जाने भनेर आधिकारीक रुपमा घोषणा नै नगरे पनि सत्ता गठबन्धन आगामी चुनावसम्मको लागि निर्माण भएको हो । गठबन्धनसहित चुनावमा जानेबारे दलहरूले छुट्टाछ्ट्टै छलफल गरेर मात्र गठबन्धनको बैठकबाट निर्णय लिने भनेका छन् ।…