काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले नेतृत्वको चुनावी गठबन्धन अपवित्र भएको आरोप लगाएका छन् । मंगलबार ललितपुरमा गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको अपवित्र चुनावी गठबन्धनलाई परास्त गर्नुपर्ने विचार व्यक्त गरे । उनले आफ्नो गठबन्धन संविधान जोगाउनको लागि भएको दाबी गरे । ‘हामी सहकार्य गर्न सक्छौँ ।…