काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयले आजका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनेछन् । यस्तै सचिव फुयालले नै प्रतिनिधिसभमा उत्पत्ति भई सो सभाबाट पारित…