आगामी ४ मंसिरमा निर्वाचन गर्ने सत्तारुढ गठबन्धनको समझदारी 

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु आगामी मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी गरिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार अब भोलि बिहीबार बस्ने…