माओवादी गठबन्धनबिना चुनाव लड्दैन, अर्को पार्टनर खोजिहाल्छ: गृहमन्त्री खाण

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्र एक्लै चुनाव नलड्ने टिप्पणी गरेका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै खाणले गठबन्धनबिना माओवादी एक्लै चुनावमा नलड्ने र उसलाई अर्को पार्टनर चाहिने भएकाले कांग्रेसले पनि विचार पुर्याउनुपर्ने बताए । ‘गठबन्धनविना माओवादी एक्लै चुनाव लड्दै लड्दैन । उसले…