काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण सोचेभन्दा सफल र राम्रो भएको बताएका छन्। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा तीन दिन लामो भारत भ्रमणबाट आइतवार साँझ स्वदेश फर्किएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू प्रधानमन्त्री भएजस्तै स्वागत सत्कार पाएको बताए । 'मैले भ्रमणमा जाँदा नेपालको हितमा राखेर, केन्द्रबिन्दुमा…