धनगढी, ५ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नियम विपरीत काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेर करिब ७ लाख बजेट दुरुपयोग गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेर बजेट दुरुपयोग गरिएको छ । काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गर्नु कानूनी व्यवस्था र नीतिगत निर्णय…