कम्युनिस्टभित्र रहेको अहंकारवादविरुद्व लड्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र रहेको अहंकारवादविरुद्ध लड्नुपर्ने बताएका छन् । ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक आज काठमाडौंमा विमोचन गर्दै उनले सत्तामा पुगेपछि कम्युनिस्टमा अहंकार आउने भन्दै त्यसविरुद्ध लड्नुपर्ने बताए । कम्युनिस्ट पार्टीभित्र आफ्ना आसेपासेहरूलाई गोलबन्द गर्ने गैरकम्युनिस्ट प्रवृत्ति मौलाउँदै गएको र त्यस्ता प्रवृत्तिहरूलाई निस्तेज पारेर अघि बढ्नुपर्ने अहिलेको…