काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभरिका कारागारहरूको व्यवस्थापन सुधार गर्न सरकारलाई निर्देशन दिएको छ । हालै कैलाली कारागारमा कैदीबन्दीबीच भएको मुठभेडबाट उत्पन्न स्थिति र रूपन्देही कारागारको समग्र स्थितिको बारेमा आयोगले अनुगमन गरेको थियो । आयोगका सदस्य लिली थापासहितको टोलीले रूपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य कैदीबन्दीहरुसँग भेट गर्नुका साथै कारागारको…