काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने प्रस्ताव पेस भएको छ । महामन्त्री गगन थापाले कार्यतालिकासहित महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् । बैठकमा बोल्दै थापाले अधिवेशनलाई मङ्सिरमा गर्ने प्रारम्भिक तयारी भए पनि आन्तरिक कारण र समयसापेक्ष आवश्यकताका कारण पुसमा सार्ने सहमति बन्ने सम्भावना हुने…