काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक स्थगन गरिएको छ । यही भदौ १३ गतेका निम्ति बोलाइएको बैठक नबस्ने भएको हो । विधान महाधिवेशनबारेको सुझाव प्राप्त हुने क्रम जारी रहेको र त्यसलाई एकीकृत गर्न समय लाग्ने भएकाले बैठक स्थगन गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । अर्को बैठकको मिति तय गरिएको छैन ।…