काठमाडौं । पूर्वउपप्रधानमन्त्री र गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदैछ। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी मुद्दामा अदालतमा हिजै मुद्दा दर्ता गर्ने तयारी थियो, तर वकिलहरूको कार्यव्यस्तताका कारण आज मात्रै यो मुद्दा दर्ता हुने भएको छ। सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र…