एमाले जनसभालाई सम्बोधन गर्न प्रम ओली आज बुटवल जाँदै

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुटवल जाँदैछन् । नेकपा एमालेले आज दिउँसो बुटवलमा गर्न लागेको जनसभालाई सम्बोधन गर्न उनी बुटवल जान लागेका हुन् । राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा सभा गर्न लागेको बताइएको छ । देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभाका लागि बुटवल…