शेरा दरबार भर्सेस गिरिबन्धु टि-इस्टेट

काठमाडौं । नुवाकोटमा रहेको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउने तयारी चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झापा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तोसराप मात्र गरेनन् आफू सरकारमा पुगेपछि गिरिबन्धु टि-इस्टेटको फाइल खोलेर ओलीलाई जेल हाल्नेसमेत बताए । शेरा दरबारको जग्गा माओवादी नेताहरुले कम्पनीको नाममा ल्याएपछि सरकारले फिर्ता गर्ने प्रकृया अगाडि बढाएको छ…