काठमाडौं । नेकपा (एमाले) का नेताहरूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । काठमाडौं उपत्यकाका नदी किनारमा मापदण्ड थप गरिएको विषयमा ध्यानाकर्षण गराउँदै हिँडेको एमाले काठमाडौं जिल्ला अध्यक्षसहितको टोलीले बिहीबार अध्यक्ष प्रचण्डलाई भेटेको हो । बिहीबार प्रचण्डलाई एमाले बागमती इन्चार्ज राजन भट्टराई, जिल्ला अध्यक्ष दीपक निरौला, काठमाडौं महानगरपालिकामा पूर्वप्रमुख विद्यासुन्दर…