एमाले गोरखाकाे अध्यक्षमा थापा निर्वाचित

गोरखा । नेपाल कम्युनिष्ट पार्टी एमालेको गोरखा जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित भएका छन् । गोरखामा एमालेले चुनावमार्फत् नयाँ नेतृत्व छानेको हो । पार्टीको ८ औं जिल्ला अधिवेशनमा सोमबार बिहान सकिएको मतगणनाअनुसार थापाले निवर्तमान कमिटीका उपाध्यक्ष कृष्ण नेपालीलाई ७५ मतले पराजित गरे। थापाले २८० मत ल्याए भने नेपालीले २०५ मत ल्याए । अध्यक्षमा निर्वाचित…