काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आउँदो महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । कांग्रेसमा कोइराला परिवारको विरासत बोकेका शेखरले भद्र नेताको परिचय बनाएका छन् । विधानतः वर्तमान सभापति शेरबहादुर देउवा सभापतिको आकांक्षी बन्न नपाउने भएपछि शेखरको उम्मेदवारीले दोस्रो तहका नेताहरु दुई समूहमा विभाजित बनेका छन् । सभापति देउवा समूहका नेताहरु जो…