झापा । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संसद्मा अवरोध नगर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । उनले भने, “संसद्को अवरोधका पछाडि अहिलेको सत्ता समीकरण भत्काउने नियत लुकेको हुनसक्छ । ” पार्टीको बिर्तामोड नगर कमिटीको आज आयोजित दोस्रो नगर अधिवेशनमा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थिरताको आवश्यकता रहेको औँल्याए । कोशी प्रदेशको नामाकरणमाथि प्रश्न उठाउने र लोकप्रियताको…