काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्ने बताएका छन् । यहाँ आज आयोजित कार्यक्रममा पार्टीका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै अध्यक्ष नेपालले नवनिर्वाचित पदाधिकारी, पोलिटब्यूरो कमिटी तथा सिङ्गो केन्द्रीय कमिटीका सदस्यले दृढ र एकताबद्ध भएर महाधिवेशनले पारित गरेको…