यो कार्यकालमा ६ पटकसम्म विश्वासको मत लिनुपर्ने देख्छुः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा चौथोपटक पनि विश्वासको मत पाउनेमा ढुक्क रहेको बताए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले ७ जेठमा विश्वासको मत लिन लागेका हुन्…