काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरूको भेला यही साउन १७ र १८ गते काठमाडौँमा हुने भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले यही साउन १७ गते धुम्बाराहीस्थित एसआर बैंक्वेटमा भेलाको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरूले आफ्नो…