एमालेको विदेश विभाग प्रमुखमा रघुवीर महासेठ

काठमाडौं । नेकपा एमालेले विदेश विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव रघुवीर महासेठलाई दिएको छ । बिहिबार होटल बसेरामा बसेको सचिवालय बैठकले कोशी प्रदेशको जिम्मेवारीबाट हटेका महासेठलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हाे । यसअघिका विदेश विभाग प्रमुख रहेका राजन भट्टराईलाई भने बागमी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।